site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामसङले ल्यायो एआई इनेबल्ड इकोबब्बल वासिङ मेसिन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्नो सन् २०२२ को नयाँ ‘लाइन–अप’अन्तर्गत पूर्ण आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वासिङ मेसिनहरू प्रस्तुत गरेको छ । नयाँ एआई एकोबब्बल वासिङ मेसिनहरू सहज धुलाइको अनुभवका लागि नयाँ एआई कन्ट्रोल विशेषतासहितका रहेको कम्पनीले जनाएको छ ।

यस्तै, उपभोक्ताको चाहनाअनुरूप आठ केजी र नौ केजीसम्मको क्षमतायुक्त मोडलहरू रहेको जनाएको छ । २०२२ मा वासिङ मेसिनहरू चार नयाँ मोडलहरूमा उपलब्ध रहेको जनाइएको छ । ती मोडलहरूमा एआई कन्ट्रोल, इकोबब्बल टेक्नोलोजी र हाइजिन स्टिमजस्ता विशेषतायुक्त रहेको कम्पनीले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

ती मेसिनमा सामसङको स्वामित्व भएको इकोबब्बल प्रविधिजडित रहेको र जसले ४५ प्रतिशत अतिरिक्त फेब्रिक केयर उपलब्ध गर्नुका साथै ऊर्जा बचत गर्न मद्दत गर्ने जनाएको छ । उच्च गुणस्तरको सफाइ र स्वच्छताको सुनिश्चितता दिलाउन सम्पूर्ण नयाँ मोडलहरू हाइजिन स्टिम प्रविधिका साथ उपलब्ध छन् ।

एआई इकोबब्बल मल्टिपल अपसनहरू चलाउने आवश्यकता हटाएर प्रयोगको सहजता प्रदान गर्दै प्रयोगकर्ताको व्यवहारलाई बुझेर सबैभन्दा उपयुक्त धुलाइ साइकल सिफारिस गर्ने नेपालको पहिलो वासिङ मेसिन भएको कम्पनीले जनाएको छ । उक्त वासिङ मेसिन ग्यालेक्सी स्मार्टफोनहरू, सामसङ स्मार्ट टीभी, सामसङ स्मार्ट उपकरणहरूका साथसाथै भ्वाइस उपकरणहरू एलेक्सा र गुगल होमसँग कनेक्ट गर्न सकिने जनाएको छ ।

Royal Enfield Island Ad

यी मेसिनहरूको सुरुवाती मूल्य एक लाख १७ हजार ९९० रुपैयाँ रहेको  कम्पनीले जनाएको छ । उपभोक्तालाई एआई इकोबब्बल वासिङ मेसिनहरूमा एक वर्षको वारेन्टी र डीटीआई मोटरमा १० वर्षको वारेन्टी रहेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro