site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हजयात्रीको शुल्क घटाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणलाई नेपाल मुस्लिम इत्तेहाद संगठनले मक्कामदिनामा जाने हजयात्रीको शुल्क घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । संगठनका अध्यक्ष सराज अहमद फारुकीको नेतृत्वमा गएको टोलीले आज मन्त्री खाँणलाई भेटी हज गर्न जाने हजयात्रीका लागि  तोकिएको शुल्क घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको संगठनका सचिव हलिम साहले जानकारी दिए ।

सरकारले साउदी अरबको मक्कामदिनामा हज गर्ने जाने हजयात्रीका लागि  विगतभन्दा दोब्बर शुल्क तोकेको छ । यही जेठ १५ गते नेपाल हज कमिटीले सूचना जारी गर्दै मक्कामदिना जानका लागि हजयात्रीबाट चार लाख ६६ हजार ३९२ रुपैयाँ तोकिएकामा २०७६ सालमा दुई लाख २५ हजार रुपैयाँ शुल्क तोकिएको जनाएको छ ।

संगठनका सचिव साहले मुस्लिम समुदायको आर्थिक अवस्था कमजोर हुँदा अहिले तोकिएको शुल्क तिरेर जाने अवस्था नरहेको हुँदा शुल्क घटाउन माग गरिएको बताए । ज्ञापनपत्र बुझ्दै मन्त्री खाँणले शुल्क घटाउने प्रतिबद्धता व्यक्त गरे ।

ज्ञापनपत्रमा विगतका वर्षमा झैँ यसपटक पनि हज गर्ने जाने यात्रीलाई आर्थिक अनुदान दिनुपर्ने, हजयात्रीलाई पैसा जम्मा गर्ने समयावधि जेठ ३० गतेसम्म राख्नुपर्ने, आर्थिक वर्ष २०७६/७७ मा हज गर्न जान भनी फाराम भरी रकम जम्मा गरेका हजयात्रीलाई पहिलो प्राथमिकता दिनुपर्ने सचिव साहले जानकारी दिए ।

आउँदो असार ७ गते हजयात्री हज गर्नका लागि मक्कामदिनामा जाने तयारीमा छन् । कोरोनाभाइरसका कारणले २०७७/७८ सालमा हज गर्न बन्द गरिएको थियो । नेपालका लागि हजयात्रीका निम्ति एक हजार ५०० जनाको कोटा भए पनि कोरोनाभाइरसका कारण ५५४ जनालाई मात्र सरकारले लैजाने भएको छ ।

नेपालबाट वि.सं २०२१ सालदेखि नै हज गर्नका लागि मुस्लिम समुदायका मानिस मक्कामदिना जाने गरेका थिए । पवित्र तीर्थस्थलका रूपमा रहेको मक्कामदिनामा विश्वभरका मुस्लिम समुदाय हज गर्ने गर्छन् । मक्कामदिनामा गएर नमाज पढे र कुर्वानी दिए विगतमा गरिएका पाप कट्ने धार्मिक विश्वास रहेको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro