site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
रुस-युक्रेन युद्धको १०० दिन पूरा, एक करोड २० लाख युक्रेनी विस्थापित
फाइल फाेटाे ।
SkywellSkywell

किभ । रुसले युक्रेनमाथि आक्रमण गरेको शुक्रबार १०० दिन पूरा भएको छ ।

यो अवधिमा एक करोड २० लाख युक्रेनी नागरिक आन्तरिक तथा बाह्य रूपमा विस्थापित बनेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क रहेको छ । यो अवधिमा दुवै देशका हजारौँ सैनिक मारिएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा युक्रेन आक्रमणका लागि आफ्नो फौजलाई आदेश दिएदेखि हजारौँ मानिसहरू मारिएका छन् । लाखौं मानिसहरू आफ्नो गाउँ, सहर वा बासस्थान छोडेर भाग्न बाध्य भएका छन् । युक्रेनी सहरहरू भग्नावशेषमा परिणत भएका छन् ।

Dabur Nepal
NIC Asia

एक करोड २० लाख युक्रेनी विस्थापित हुँदा करिब ६८ लाख मानिसले युक्रेन छाडेको संयुक्त राष्ट्रसंघले जनाएको छ । जसमध्ये करिब ३६ लाख मानिस पोल्याण्ड पुगेका छन् भने ८० लाख मानिस आन्तरिक रूपमै विस्थापित भएका छन् । ठूलो मानवीय संकटमा फसेको युक्रेनमा हरेक सेकेन्डमा एक बच्चा युद्ध शरणार्थी बनिरहेको बताइएको छ ।

रुसलाई घेराबन्दी गर्न पश्चिमा देशहरूले पनि लगातार नाकाबन्दी कडा गर्दै लगेको बताएका छन् । रुसले प्रत्यक्ष फाइदा नपाएसम्म तत्काल युद्ध रोक्ने लक्षण देखाएको छैन भने युक्रेन पनि आफ्ना सहयोगी पश्चिमी मुलुकहरूको बलमा रुससमक्ष लडिरहेको छ । आत्मसमर्पण गर्ने कुनै सङ्केत देखाएको छैन ।

गत फेब्रुअरी २४ मा युक्रेनमाथि तीन तिरबाट आक्रमण थालेको रुसले युद्धमा विजय नपाए पनि यूक्रेनको जनजीवन भने अस्तव्यस्त बनेको छ । सुरुमा पूर्वी युक्रेनसँगै राजधानी किभलाई लक्षित गरी आक्रमण गरिएको थियो ।

केही दिनमै युक्रेन कब्जा गर्ने रुसको योजना सफल हुन नसकेपछि अहिले पूर्वी यूक्रेनमा आक्रमण केन्द्रित छ ।

ठूलो संख्यामा सैन्य सामग्री र हातहतियार नष्ट भएको छ । शान्त र सुन्दर युक्रेन खण्डहरमा परिणत भएको छ ।

यस युद्धमा क्रमशः पूर्वी यूरोप र बाँकी विश्व पनि तानिएको छ । संसारभरकै जनजीवनमा असर पुग्न थालेको छ ।

युक्रेनले ३० देखि ५० प्रतिशत कुल गार्हस्थ्य उत्पादन गुमाउँदा बजेट घाटामात्रै ५ अर्ब अमेरिकी डलर पुगेको बताइएको छ । रुसी आक्रमणका कारण युक्रेनमा ६ खर्ब अमेरिकी डलर बराबरको संरचना ध्वस्त भएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  २०:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro