site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रुसी अधिकारी भन्छन्– तेस्रो विश्व युद्ध सुरु भइसक्यो भनेर बुझ्ने बेला भयो !
Sarbottam CementSarbottam Cement

मस्को । अहिले पश्चिम जगतका केही नेताले युक्रेन युद्धलाई लिएर आफ्नो इज्जत जोगाउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले के कस्ता कदम चाल्नेछन् भन्ने कल्पना गरिरहेका छन् । तर रुसका प्रभावशाली विधायक र प्रोपोगान्डाविद्हरूले पश्चिम जगतलाई चकनाचुर गर्न आवाज उठाउँदै त्यो नै रुसको एकमात्र अन्तिम लक्ष्य भएको दाबी गरेका छन् । 

रुसी सरकारी टेलिभिजन कार्यक्रम ‘६० मिनेट’ मा प्रस्तोता ओल्गा स्काविभाले भनेकी छन्, “मसँग केही अप्रिय समाचार छ... अहिले युक्रेनमा आपूर्ति हुँदै गरेका हतियारहरू हामीले निरन्तर नष्ट गरिरहेका छौँ । तर जुन परिमाणमा अमेरिकाले युक्रेनमा निरन्तर हतियार पठाइरहेको छ, त्यसले हामीलाई केही विश्वव्यापी निर्णयहरू लिन बाध्य पारिरहेको छ । सम्वत अहिले युक्रेनमा रुसको विशेष अभियान समाप्त भएको र वास्तविक युद्ध अर्थात् ‘तेस्रो विश्व युद्ध’ सुरु भइसकेको बुझ्ने बेला भइसकेको छ । हामी युक्रेनको कारणले मात्रै नभई सम्पूर्ण नेटो गठबन्धनको कारणले असैनिक अभियान चाल्न बाध्य छौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

यस कार्यक्रममा सहभागी रुसी विदेशमन्त्रालयको कूटनीतिक प्रतिष्ठानका अधिकारी भ्लादिमिर एभात्कोभले भनेका छन्, “तपाईंले तेस्रो विश्व युद्ध उल्लेख गर्नुभयो, वास्तवमा हामीले युक्रेनमा भइरहेको विशेष सैनिक अभियानमा हस्तक्षेप गर्ने जो कोहीले पनि ठूलो मूल्य चुकाउनुपर्ने भन्ने हाम्रो राष्ट्रपति पुटिनको चेतावनी सम्झनुपर्दछ ।” 

एभात्कोको कुरालाई समर्थन गर्दै ओल्गाले यसरी रुसको काममा भाँजो हाल्नेहरूलाई आणविक हतियारको प्रयोगविना नै कसरी तह लगाउने भन्ने उपाय निकाल्नै बाँकी रहेको बताएकी छन् । 

Global Ime bank

रुसी सांसद ओलेग मात्भेचभले भनेका छन्, “यदि पोल्यान्डले आफ्ना हालका सीमानामा कुनै हस्तक्षेप गरेमा राम्रो हुने छैन ।”

तर ओल्गाले पोल्यान्ड मात्र नभइ बेलायत र अमेरिका पनि बढी जान्ने भइरहेको औँल्याएकी छन् । एभात्कोभले हतारिनु जरुरी नभएको, सबै कुरा आफ्नो समयअनुसार हुने बताएका छन् । यता रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पाट्रुसेभले विना आधार पोल्यान्ड पश्चिमी युक्रेनको भूभाग कब्जा गर्न अघि बढिरहेको दाबी गर्दै पहिलो तारो पोल्यान्डलाई बनाउनुपर्ने बताएका छन् ।  

डेली बिस्टबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  २२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय