site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनका पाँच गाउँ कब्जामा लिइएको रुसी दाबी
तस्बिर : एपी ।

युक्रेन । मस्कोको सैनिक फोर्सले युक्रेनको उत्तरपूर्वी भागका पाँच गाउँ कब्जामा लिएको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले शनिबार उक्त दाबी गरेको हो ।

एसोसिएट प्रेसका पत्रकारले स्थानीय भोभचान्स्क सहरबाट जनाएअनुसार, रुसी रकेट र ‘एयर स्ट्राइक’का कारण त्यहाँका थुप्रै भवन क्षतिग्रस्त भएका छन् ।

युक्रेनी अधिकारीहरूले भने रुसी दाबीको आधिकारिकता बारेमा ‘कन्फर्म’ गरेका छैनन् । युक्रेनियन पत्रकारले बोरिसिभ्का, ओहिरटिसिभ, पिल्ना र स्ट्रीलेचा गाउँ रुसी सेनाले शुक्रबार कब्जामा लिएको जनाएका छन् । रुसी सेनाले प्लेटेनिभ्का गाउँ पनि कब्जामा लिएको जनाएको छ ।

शनिबार साँझ युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले एक वक्तव्यमा स्ट्रिलेन्चा र प्लेटेनिम्कामा अझै लडाइँ जारी रहेको जनाएका छन् । उनका अनुसार, क्रान्स्ने, मोरोक्होभेट्स, ओलिनिकोभ, लुतिधज्ञकनात्सी र ह्यात्सेमा पनि लडाइँ जारी छ ।

उनले भनेका छन्, “हाम्रो सेनाले युक्रेनी भूभाग जोगाउन ती क्षेत्रमा दोस्रो दिन ‘काउन्टर एट्याक’ गर्नेछ ।” एपीबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro