site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्तव्यस्त वीर अस्पताल : इन्टरनल नेटवर्कमा समस्या भएको भन्दै रोकियो सेवा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । मुलुककै जेठो वीर अस्पतालमा बिहीबार बिहानैदेखि टिकट काउन्ट अगाडि सधैंभन्दा बढी भीडभाड देखियो । हातमा कागजपत्र बोकेका थुप्रै बिरामी र बिरामीका आफन्त छट्पटइिरहेका देखिन्थे ।

फलोअपमा आएका र शल्यक्रियाका लागि आएका बिरामीलाई दर्ता काउन्टरबाट छाप लगाउँदै भित्र पठाइन्थ्यो । तर, ल्याब परीक्षण तथा अन्य सेवाका बिरामीको पालो लामो समय कुर्दा पनि आएन । ५ घण्टासम्म पनि टिकट काट्न पालो नआएपछि कोही फर्किन थाले भने टाढा–टाढाबाट आएका बिरामीको भीड अझै पनि अस्पतालमा कम भएको छैन ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

भएको के हो ? 

वीर अस्पतालको सर्भरमा बेला–बेला समस्या आइरहनु नौलो कुरो होइन । अस्पताल प्रशासनतर्फका एक कर्मचारीले भने, “बुधबार साँझदेखि नै अस्पतालको सफ्टवेयरमा समस्या भइरहेको थियो । सफ्टवेयरमा समस्या आएपछि अस्पतालको इन्टरनल नेटवर्कले काम गरेन, यसको असर काउन्टरदेखि माथिसम्मै पर्‍यो । इन्ट्री रेकर्ड राख्नुपर्ने सफ्टवेयरमा नै समस्या देखिएपछि बिरामी लिन सकिएन । इमर्जेन्सी, अपरेसन र पहिले रेकर्डमा आइसकेका बिरामी लिइयो तर नयाँ बिरामी लिन समस्या भयो ।” 

Royal Enfield Island Ad

सर्भर व्यवस्थापनको ठेक्का लिएको कम्पनीसँग बुधबार रातिदेखि पटक–पटक सम्पर्क भए पनि बिहीबार अफिस आवर सुरु भएपछि मात्रै प्राविधिक आएको ती कर्मचारीले बताए । अस्पतालको पुराना संरचना भएका भवनहरूमा यस्तो समस्या बारम्बार आउने गरेको पनि ती कर्मचारीले बताए । 

के भन्छ अस्पताल ?

वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेत अहिले अस्पतालको इन्टरनल नेटवर्कमा आउने यस्तो समस्याको दीर्घकालीन समाधानको उपाय खोजिरहेको बताउँछन् । "अस्पतालको तर्फबाट आएको समस्याले बिरामीमा परेको मार्का हामीले बुझेका छौँ । अहिले समस्या समाधान भइसकेको छ, बिरामीले अब निरन्तर सेवा पाउनेछन्," डा. बस्नेतले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro