site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कमलमा आदिवासी रंगशालाको काम अघि बढाउन माग
Siddhartha BankSiddhartha Bank

विराटनगर । झापाको कमल गाउँपालिकामा स्थगित गरिएको आदिवासी जनजाति रंगशाला निर्माण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ । कमल गाउँपालिका, आदिवासी जनजाति रंगशाला तथा स्मृति प्रतिष्ठान प्रतिनिधिमण्डलले प्रदेश सरकारको ध्यानाकर्षण गर्दै बजेट सुनिश्चित गर्न माग गरेको हो ।
 
गाउँपालिकाका तर्फबाट अध्यक्ष हुकुमसिंह राई नेतृत्वको प्रतिनिधि मण्डलले आगामी बजेट तथा नीति कार्यक्रमलाई लक्षित गर्दै जनसरोकारका विभिन्न विषयहरु समेटिएको माग पत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गरेको हो । 

प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबो, सामाजिक विकास तथा स्वास्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुसँग भेट गरी समसामयिक तथा विकास निर्माणका योजनालाई प्राथमिकता दिन आग्रह गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष राईले भने, “नजिकै रहेको सरकारबाट काम होस भनेर हामीले आफ्ना माग प्रस्तुत गरेका हौं ।” सो अवसरमा मन्त्री आङबोले कमलमा प्रदेशस्तरकै आयुर्वेद अस्पताल तत्काल सञ्चालनको तयारी भएको जानकारी दिए । अस्पतालमा आवश्यक जनशक्तिको दरबन्दी स्विकृतिमा मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरेको दाबी गरे । 

गाउँपालिकामा पर्ने आदिवासी रंगशाला निर्माणका लागि पनि प्रदेश सरकारले प्राथमिकता दिने प्रतिबद्धता जनाए । गाउँपालिकाका अध्यक्ष राईले प्रक्रियागत रुपमा अनिवार्य आउने बजेट तथा कार्यक्रमका अतिरिक्त कमल गाउँपालिकामा देखिएको विकासका पूर्वाधारहरु सडक स्तरोन्नति, खानेपानीलगायत योजनाहरुमा बजेट छुट्याउन माग गरे ।

Global Ime bank

आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका तर्फबाट महासचिव दिपेनवाला राईले पनि मन्त्री आङबोलाई ध्यानाकर्षण पत्र बुझाए । कमलमा आदिवासी जनजातिहरुको चिहान हटाएर आदिवासी जनजाति रंगशाला निर्माण गर्ने काम एक दशकअघि थालिएको थियो । तर, नेकपा एमालेको सरकारले रंगशालाको नाम परिवर्तन गरेपछि स्थानीय रुपमा विरोध हुँदै आएको छ ।

प्रतिनिधि टोलीमा कमल गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर विष्टलगायत सहभागी थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  ०८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय