site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकाले नियतवश युद्ध चर्काउन खोजेको रुसको आरोप
SkywellSkywell

मस्को । वासिङटनले युक्रेनलाई अत्याधुनिक क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउने बताएपछि रुसले अमेरिकाले नियतवश नै ‘आगोमा घ्यू थप्ने काम’ गरिरहेको आरोप लगाएको छ । 

रुसी सरकारी प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई भनेका छन्, “यस्ता हातहतियार आपूर्तिले किभलाई शान्ति वार्ता पुनः थालनीका लागि प्रोत्साहित गर्दैन । वासिङटन रुसले अन्तिम युक्रेनी सैनिकसँग लडोस् भन्ने चाहेको देखिन्छ ।”

Dabur Nepal
NIC Asia

अमेरिकाले रुसी भूमिभित्र आक्रमणका लागि प्रयोग नगरिने विश्वास हासिल गरेपछि युक्रेनलाई ७० किलो मिटर पर तोकिएको कुनै पनि स्थानमा मार हान्ने सक्ने निर्देशित क्षेप्यास्त्रहरू उपलब्ध गराउने सहमति जनाएको छ ।

नेटोका महासचिव जनरल जेन्स स्टोल्टनवर्गको उपस्थितिमा अमेरिकाको वासिङटन डीसीमा  आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनका राष्ट्रपति भोलोेदिमिर जेलेन्स्कीले अमेरिकाले उपलब्ध गराउने लामो दुरीका हतियार रुसी भूभागमा प्रहार नगर्ने विश्वास दिलाएको जानकारी दिएका छन् ।

यसअघि रुसी उपविदेशमन्त्री सर्गेइ ¥यावकोभले नियोजित रूपमा युक्रेनलाई यसरी हतियार दिएर अमेरिकाले आफू रुससँग प्रत्यक्ष युद्धमा सरिक हुने खतरा बढाएको बताएका थिए । 

यसैगरी ब्लिन्केनले यदि रुसले आक्रमण रोकेको खण्डमा युक्रेन युद्ध भोलि नै समाप्त हुने तर त्यस्तो कुनै संकेत नदेखिएको पनि बताएका छन् । 

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro