देश
जनकपुरधाम । धनुषामा पक्राउ परेका नवनिर्वाचित वडा सदस्य रिहा भएका छन् । सहिद नगरपालिका ८ का वडा सदस्य राकेश विराजीलाई मंगलबार जिल्ला अदालत धनुषाले धरौटीमा थुनामुक्त गरेको हो ।
उनलाई प्रहरीले ज्यान मार्ने उद्योग र डाँका मुद्दामा सोमबार पक्राउ गरेको थियो । मंगलबार उनको पेसी तोकिएको थियो । न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले उनलाई २५ हजार धरौटी रकम लिएर थुनामुक्त गरेका हुन् ।
गएको कात्तिकमा उनीसहित ९ जनाको समूहले धमेन्द्रप्रसाद छिटान यादवलाई मार्ने प्रयास गरेको आरोप लागेको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९ २०:३६
प्रतिक्रिया दिनुहोस्