site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कैदी आत्महत्याको अनुसन्धान गर्न समिति गठन
Sarbottam CementSarbottam Cement

काठमाडौँ । रोल्पा कारागार कार्यालयमा गत जेठ ४ गते कैदी सुन्दर हरिजनले झुण्डिएर आत्महत्या गरेको घटनाबारे स्थलगत अध्ययन तथा अनुसन्धान गर्न छानबिन समिति गठन भएको छ ।

गृह मन्त्रालयले मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रिस्तरीय निर्णयबाट कार्यादेश दिइएको मन्त्रालयका सूचना अधिकारी बसन्त भट्टराईले जानकारी दिए ।

समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य छन् ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement