site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बजेटले कोभिडबाट रोजगारी गुमाएका महिलालाई आयआर्जनको अवसर सिर्जना गर्नुपर्छ : डिला संग्रौला 
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस सांसद डा. डिला संग्रौला पन्तले सरकाले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमा कोभिड संकटबाट रोजगारी र आय श्रोत गुमाएका महिलाहरूलाई रोजगारी र आय आर्जनका कार्यक्रममा प्राथमिकता दिन आग्रह गरेकी छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि भएको छलफलमा बोल्दै उनले सरकारले प्रस्ततु गरेको बजेटमा सामाजिक सुरक्षा कार्यक्रमहरूलाई दीगो र भरपर्दो बनाउन पनि चुनौती रहेको बताइन् । साथै, उनले बजेटमा दुई लाख युवाहरूलाई रोजगारी दिने भनिए पनि त्यसमा स्पष्ट दृष्टिकोण आउन नसकेको बताइन् । 

“सरकारले किसान पेन्सनको कार्यक्रम घोषणा गरेको छ । कृषिप्रधान मुलुक नेपालमा यो आवश्यक थियो, तर त्यो कसरी कार्यान्वयन हुने हो सोको जानकारी आवश्यक छ । बजेटमा आर्थिक वृद्धिको लक्ष्य ८ प्रतिशत र मूल्य वृद्धिको प्रक्षेपण ७ प्रतिशत भनिएको छ । सामान्यतया मूल्यवृद्धिभन्दा आर्थिक वृद्धिदर बढी हुन्छ भन्नु त्यति व्यावहारिक देखिँदैन,” उनले भनिन्,“ देशभित्रको पुँजीलाई कसरी परिचालन गर्ने र वैदेशिक लगानीलाई कसरी आकर्षित गर्न सकिन्छ ? भन्ने गुणात्मक प्रकृतिका योजनाहरू बजेटमा समावेश भएको भए राम्रो हुने थियो ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu