site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुरुयोजना बनाएरमात्रै रेल पूर्वाधार आयोजना अघि बढाउन संसदीय समितिको निर्देशन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले गुरुयोजना बनाएर मात्रै रेल पूर्वाधार आयोजना अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले रेल पूर्वाधार आयोजनाको सुरुवात भइसकेको अवस्थामा हालसम्म गुरुयोजना नबनाएर काम अघि बढाइएकोमा ध्यानाकर्षण भएकोसमेत जनाएको छ । राष्ट्रिय महत्वका क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजनाको खाका बनाई प्राथमिकताका आधारमा गुणस्तरीय रूपमा आयोजना अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले जयनगर जनकपुर कुर्था बर्दिबास हुँदै निगजढसम्मको निर्माणाधीन रेल पूर्वाधारको प्रारम्भिक ट्रयाकमा गुणस्तरको कमी देखिएको भन्दै उपयुक्त समयमा स्थलगत अनुगमन गरिने बताए ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले गुरुयोजना नबनाएर आयोजना सुरु गर्दा समस्या देखिएको बताइन । बर्दिबास हुँदै निगजढसम्मको निर्माणाधीन रेल सरकारको प्राथमिकतामा रहेको र काठमाडौं रक्सौल रेलमार्गमा पनि थप अध्ययन भइरहेको उनले जानकारी दिइन् । उनले काँकडभित्तामा रेलमार्ग निर्माणमा भने केही समस्या देखिनसक्ने बताइन् ।

Royal Enfield Island Ad

त्यस्तै रेल विभागका महानिर्देशक दिपककुमार भट्टराईले बर्दिबास हुँदै निगजढसम्मको ७० किलोमिटर ट्रयाक निर्माण कार्य भइरहेको र हालसम्म ३२ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । यसमा २५ अर्ब ९० करोड खर्च भइसकेको उनले बताए ।

बैठकमा समिति सदस्यहरूले रेल मार्ग निर्माणमा कार्यमा उल्लेखनीय प्रगति हुन नसकेको बताएका थिए ।  रेल तथा मेट्रो रेल विकास आयोजनाको वर्तमान अवस्थाको सम्बन्धमा समितिले छलफल गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro