site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्यातमुखी कृषिलाई बजेटले प्राथमिकता दिएको छ : पुन

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले निर्यातमुखी कृषि क्षेत्रलाई सरकारको आगामी वर्षको बजेटले प्राथमिकता दिएको बताएका छन् । 

मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले बजेटको प्राथमिक क्षेत्रमा कृषिको रूपान्तरण पर्नु आफैँमा महत्त्वपूर्ण रहेको बताए । साथै, उनले कृषिको माध्यमबाट थप पाँच लाख रोजगारी सिर्जना गर्ने भन्ने कुरामा कसैले विरोध गर्नु जरुरी नरहेको बताए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“धान मकै, गहुँ लगायतका कृषि उपजको आयात ३० प्रतिशतले घटाउने कुरा सही छ । ८ लाख निरपेक्ष गरिबीमुनि रहेकाहरूलाई माथि उठाउने सकारात्मक छ,” उनले भने,“किसान पेन्सन कार्यक्रमले कृषि क्षेत्रलाई आकर्षित बनाउने योजना लिएको छ । वर्षेभरी दुख गरे पनि खान नपाउने समस्या समाधान गर्न वैज्ञानिक कृषि प्रणालीको प्राथमिकता बजेटमा देखिनु महत्त्वपूर्ण हो ।” 

सांसद पुनले बजेटका सिद्धान्त र प्राथमिकता र सरकारको नीति तथा कार्यक्रम र बजेट एउटै दिशानिर्देशमा आएकाले पनि बजेट समयमै कार्यान्वयन हुने र अपेक्षित लक्ष्य हासिल गर्नेमा आफू विश्वस्त रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro