site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उच्च स्थानमा हुने कालीमार्सी धान रोपाइँ सुरु
प्रतीकात्मक तस्बिर
Siddhartha BankSiddhartha Bank

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकास्थित भौगोलिक रुपले उच्च स्थानमा धान उत्पादन हुने छुमचौरमा कालीमार्सी धान रोपाइँ सुरु भएको छ । त्यहाँ सुधारिएको कालीमार्सी धान रोपिएको हो । 

दुई हजार आठ सय मिटर अग्लो स्थानमा रहेको सो स्थानमा आठ प्रकारका कालीमार्सी धान रोपिएको हो । 

Agni Group
NIC Asia

कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धनकर्ता कलीमान महताराका अनुसार २०२१ सालदेखि सो स्थानमा धान रोपिएको हो । चन्दननाथ मन्दिरको शेरा जिउलाबाट धानको बेर्ना ल्याएर छुमचौर जिउलोमा रोपाइँ सुरु भएको हो । 

धानबालीमा परिश्रम धेरै गर्नुपर्ने, घेराबारको व्यवस्था नभएको, सिँचाइ सुविधा नभएको र धान रोपाइँ हुने मौसम र पाटनमा यार्सा सङ्कलनको मौसम एउटै पर्ने भएकाले विस्तारै रोपाइँ गर्न छोडिएको थियो । कालीमार्सी धानको महत्वका विषयमा बुझ्दै गएपछि अहिले २०० रोपनीजतिमा धान रोपेको कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धनकर्ता महताराले बताए ।  

Global Ime bank

कृषि अनुसन्धान केन्द्रको आयोजना र कृषि विकास कार्यालय जुम्लाको समन्वयमा रोपाइँ गरिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताए । गत वर्ष कारोनाका कारण धान रोपाइँ हुन सकेको थिएन । 

यसपटक धुमधामका साथ धान रोपिएको स्थानीयवासी बताउँछन् । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu