देश
काठमाडौं । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज दुर्घटनास्थलबाट शव संकलन कार्य जारी छ ।
सो स्थानमा उद्धारका लागि सिम्रिक,फिस्टेल र कैलाश गरी तीनवटा हेलिकोप्टर परिचालन गरिएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका वडा नंम्बर २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान जहाज भेटिएको हो । वडा नम्बर २ का वडाध्यक्ष गौतम शेरचनले तीनवटा हेलिकोप्टर घटनास्थल पुगेको बताए ।
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९ ०९:२५
प्रतिक्रिया दिनुहोस्