काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमित स्रोत, साधनबीच पनि स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताएका छन् ।
शनिबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले छिटपुट घटनालाई लिएर निर्वाचनको समग्र प्रक्रिया र परिणामलाई टिप्पणी गर्नु उपयुक्त नहुने बताए । उनले सार्वभौम जनता नै निर्णायक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प नभएको उल्लेख गरे ।
त्यसक्रममा प्रधानमन्त्री देउवाले नेपाल एक चीन नीतिप्रति दृढ रहेको र छिमेकी मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन सरकार सचेत रहेको बताए ।
लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत क्षेत्र नेपालकै भएकामा कुनै दुविधा नरहेको पनि बताए । सीमासम्बन्धी समस्या वार्ता र संवादका माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री देउवाले सार्वजनिक संस्थान खारेज वा निजीकरण गर्ने सोच नभएको स्पष्ट पारे ।
उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धमा सर्वोच्च अदालतको आदेश अध्ययन गरी आवश्यक निर्णय लिइने समेत बताए ।
पूर्णपाठ पढ्नोस्-