site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्थानीय तह निर्वाचन : ३८५ स्वतन्त्र उमेदवार निर्वाचित
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उमेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार स्वतन्त्र उमेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा ६ जना निर्वाचित भएका छन् । काठमाडौं महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं महानगरमा स्वतन्त्र उमेदवार बालेन्द्र साहले ६१ हजार ७६७ मत प्राप्त गरी निर्वाचित भएका छन् । काठमाडौंमा पहिलोपटक स्वतन्त्र उमेदवार निर्वाचित भएका हुन् ।

जनकपुरमा स्वतन्त्र उमेदवार मनोजकुमार साहसुडीले १३ हजार ४६५, धरान उपमहानगरमा हर्कराज राईले २० हजार ८२१, धनगढी उपमहानगरमा गोपाल हमालले २६ हजार ८६५ मतसहित प्रमुखमा विजयी भएका छन् ।

Global Ime bank

स्वतन्त्र उमेदवार उपप्रमुख दुई र उपाध्यक्ष दुई निर्वाचित भएका छन् । स्वतन्त्र वडाध्यक्ष १३६ निर्वाचित भएका छन् । तीमध्ये १३३ पुरुष र तीन महिला छन् । महिला सदस्यमा ६०, दलित महिला सदस्य ५५, पुरुष सदस्य ११७ निर्वाचित भएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC