site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रञ्जन कोइराला बानेश्वरबाट पक्राउ
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सशस्त्र प्रहरी बलका तत्कालीन डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । 

कर्तव्य ज्यान मुद्दामा कैद सजाय छुट दिने पहिलेको आफ्नै फैसला सर्वोच्च अदालतले उल्ट्याएपछि प्रहरीले कोइरालालाई आज पक्राउ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनलाई काठमाडौंको बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अब उनलाई सर्वोच्चको फैसला कार्यान्वयनका लागि पठाइने छ ।

कोइरालाले २०६८ सालमा श्रीमती गीताको हत्या गरी शवसमेत नष्ट गरेका थिए । उनलाई २०७१ सालमा काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । सोही आदेशलाई पुनरावेदन अदालत पाटनले पनि सदर गरेको थियो ।

Global Ime bank

जेलमा रहेका कोइरालालाई सर्वोच्च अदालतले अघिल्लो वर्ष २० वर्षको कैदलाई घटाएर ८ वर्ष हुने गरी सजाय घटाएको थियो ।

कोइरालाले यसअघि ८ वर्ष कैद बसेका छन् भने अब करिब साढे ११ वर्ष कैद बस्नुपर्ने छ ।

यसअघि प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले बालबच्चाको संरक्षणको मानवीय पक्ष पनि जोडिएको भन्दै कैद मिनाहा गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement