site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
पत्याउनुहुन्छ ? विश्वमा दैनिक १० लाख मानिसलाई यौनजन्य रोग लाग्छ 
SkywellSkywell

काठमाडौं । विश्वभर दैनिक १० लाख मानिसमा असुरक्षित यौन सम्पर्कका कारण हुने रोग एसटीडी (सेक्सुअल्ली ट्रान्समिटेड डिजिज्) संक्रमण भएको तथ्यांक सार्वजनिक भएको छ । यो विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्यांक हो । डब्लूएचओले सन् २०२४ मे मा सार्वजनिक गरेको तथ्यांकअनुसार जोगिन सकिने संक्रमणबाट सो संख्यामा मानिस संक्रमित भइरहेका छन् । 

१५ देखि ४९ वर्ष उमेर समूहका व्यक्तिमा लक्षण नदेखिने विशेषगरी चारखाले संक्रमण देखिएका छन् । डब्लूएचओका अनुसार संक्रमित हुनेमा अधिकांस न्यून आय भएका मुलुकका नागरिक छन् । तथ्यांकअनुसार बर्सेनि ३७४ मिलियन अर्थात् ३७ करोड ४० लाख नयाँ संक्रमित थपिन्छन् । नयाँ संक्रमितमध्ये सबैभन्दा धेरै १५६ मिलियनलाई ट्राइकोमोनियासिस संक्रमण देखिएको छ । 

यस्तै, १२९ मिलियन जनसंख्यालाई क्लामाइडिया, ८२ मिलियनलाई गोनोरिया र ७.१ मिलियनलाई सिफिलिस देखिएको छ । हेपाटाइटिस बी, एचएसभी, एचआईभी र एचपीभी भने भाइरल संक्रमणबाट हुने एसटीडी हुन् । यसबाहेक करिब ५०० मिलियन मानिसमा भने वंशाणुगत रूपमा नै एसटीडी गराउने भाइरस हुन्छ ।

Dabur Nepal
NIC Asia

सन् २०२२ सम्म विश्वका २५४ मिलियन अर्थात् २५ करोड ४० लाख जनसंख्या हेपाटाइटिस बी लिएर बाँचेका थिए । एसटीडी र यसको जटिलता महिलामा बढी भएको डब्लूएचओले जनाएको छ । 

एसटीडी गराउने ३० प्रकारका ब्याक्टेरिया भाइरस, पारासाइटलगायत हुन्छन् । ट्राइकोमोनियासिस, क्लामाइडिया, गोनोरिया र सिफिलिस सावधानी अपनाए जोगिन सकिने संक्रमण हुन् । 

यसबाहेक ह्युमन प्यापिलोमा भाइरस (एचपीभी), एचआईभीजस्ता संक्रमण केही जटिल मानिन्छन् । एचपीभी पाठेघरको मुखको क्यान्सर गराउने भाइरस हो । यसका कारण विश्वमा बर्सेनि तीन लाख ११ हजार महिलालाई क्यान्सर हुने डब्लुएचओको तथ्यांक छ । 

कतिपय एसटीडी रोगहरू आमाबाट शिशुमा समेत सर्छन् । कतिपय संक्रमण गर्भावस्था, प्रसूति र स्तनपानको समयमा शिशुमा सर्छन् । सन् २०२२ मा १.१ मिलियन महिलालाई गर्भावस्थामा सिफिलिस भएको थियो । उनीहरूबाट जन्मिएका तीन लाख ९० हजार बालबालिकामा जन्मजात कुनै न कुनै समस्या देखिएको डब्लुएचओले जनाएको छ । 

यौन संक्रमणजन्य रोगहरूले विशेषगरी महिलाको प्रजनन स्वास्थ्यमा ठूलो असर पुर्‍याएको छ । यस्ता संक्रमणले धेरैजसोमा बाँझोपन, गर्भावस्थामा जटिलता, एचआईभी, क्यान्सरजस्ता समस्या निम्तिएका छन् । 

के हो समाधान ? 

एसटीडीको समस्या भोग्नेमा अधिकांस न्यून आय भएका मुलुक छन् । ती मुलुकमा  क्लामाइडिया र गोनोरिया धेरै देखिएको छ । एसटीडीको मुख्य कारण असुरक्षित यौन सम्पर्क र यौन व्यवहार नै रहेको डब्लुएचओको निष्कर्ष छ । 

यस्ता मुलुकका नागरिकमा जनचेतनाको कमी हुनु, स्वाथ्यकर्मीले प्रस्ट परामर्श नदिनु, समयमा परीक्षण गर्न नजानु, औषधिको मात्रा पूरा नगर्नु, फ्लोअपमा नजानुजस्ता कारणले रोकथाममा कठिनाइ भएकोे छ । 

पछिल्ला वर्षहरुमा एसटीडीविरुद्ध औषधि निस्प्रभावी हुँदै गएको डब्लुएचओको ठहर छ । एसटीडीको उपचार एन्टिबायोटिक औषधि र केहीमा निरन्तर औषधिको प्रयोग नै हो । हेपाटाइटिस् बी र एचपीभीका निम्ति भने प्रभावकारी खोप छन् । सन् २०२३ देखि एचपीभी विश्वका १४० देशमा नियमित खोपमा समावेश गरेर दिन थालिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro