site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रञ्जन कोइरालाको कैद छुट सम्बन्धी फैसला उल्टियो, अब साढे ११ वर्ष जेल बस्नुपर्ने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका तत्कालीन डीआईजी रञ्जन कोइरालाको कैद छुट दिने फैसला उल्ट्याएको छ ।

कोइरालालाई कर्तव्य ज्यान मुद्दामा कैद सजायमा सर्वोच्च अदालतले नै अघिल्लो वर्ष छुट दिएको थियो । सर्वोच्चको उक्त फैसलाको चौतर्फी आलोचना भएको थियो । त्यतिमात्रै नभएर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउँदा पनि यही गलत फैसला गरेको कारण देखाइएको छ ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र टंक मोक्तानको इजलासले यस्तो फैसला गरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार यसअघि पुनरावेदन अदालतले दिएको फैसलालाई नै आज सर्वोच्चले सदर गरेको छ ।
कोइरालाले २०६८ सालमा श्रीमती गीताको हत्या गरी शवसमेत नष्ट गरेका थिए ।

उनलाई २०७१ सालमा काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । सोही आदेशलाई पुनरावेदन अदालत पाटनले पनि सदर गरेको थियो ।

Royal Enfield Island Ad

जेलमा रहेका कोइरालालाई सर्वोच्च अदालतले अघिल्लो वर्ष २० वर्षको कैदलाई घटाएर ८ वर्ष हुने गरी सजाय घटाएको थियो ।

कोइरालाले यसअघि ८ वर्ष कैद बसेका छन् भने अब करिब साढे ११ वर्ष कैद बस्नुपर्नेछ ।

यसअघि प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले बालबच्चाको संरक्षणको मानवीय पक्ष पनि जोडिएको भन्दै कैद मिनाहा गरेको थियो ।

सर्वोच्चका प्रवक्ता पौडेलका अनुसार कोइरालाको बाँकी रहेको साढे ११ वर्ष कैद त्यसबेला मिनाहा भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro