राजनीति
काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।
अब ७०० मत मात्र गन्न बाँकी छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)को ६१ हजार ३९० मतसहित जित निश्चित भइसकेको छ ।
नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३८ हजार १८७ मत पाएकी छन् । नेकपा (एमाले)का उमेदवार केशव स्थापित ३७ हजार ९४४ मतका साथ तेस्रो स्थानमा छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९ १६:५३
प्रतिक्रिया दिनुहोस्