काठमाडौं । राष्ट्रिय जनमोर्चा उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले नागरिकता वितरणमा कडाइ गर्न आग्रह गरेकी छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले नेपालको भौगोलिक अवस्था र खुला सीमालाई मध्यनगर गर्दै कडा कानुन बनाउनुपर्नेमा जोड दिइन् ।
“नागरिकता कुनै पनि देशको भूगोल सुहाउँदो, खुला सिमानालाई ध्यानमा राखेर, विधि–प्रक्रिया बनाएर अघि बढौँ,” उनले भनिन् ,“वंशज र अंगीकृत नागरिकताको जुन विधि छ, नागरिकता वितरण त्यसरी नै अघि लानुपर्छ । धेरै खुकुलो बनाएर लाने हो भने नेपाली आफ्नै देशमा अल्पसंख्यक बन्ने अवस्था आउँछ ।”
सांसद पौडेले संघीयता लागु भएपछि प्रदेशमा ठूलो बजेट अनुत्पादक क्षेत्रमा खर्च भएको भन्दै सिधै स्थानीय तहलाई बजेट दिएर प्रदेश संरचना खारेज गर्न उनले माग गरिन् ।
यस्तै, एमसीसी परियोजना खारेज गर्नुपर्ने उनले उल्लेख गरिन् ।