site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बन्चरेडाँडाका स्थानीयकाे मागप्रति सरकार प्रतिबद्ध छ : मन्त्री झाँक्री
Siddhartha BankSiddhartha Bank

काठमाडाैं । काठमाडौंको फोहोर नउठेर समस्या सिर्जना भएपछि आकस्मिक रूपमा बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर खसालिए पनि स्थानीयका मागप्रति प्रतिबद्ध रहेको सरकारले बताएको छ । 

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ल्याण्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी हुन् । बुधबार मन्त्रालयमा आयोजित सर्वपक्षीय छलफलमा मन्त्री झाँक्रीले भनिन्, “बन्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थापन हाम्रो साझा काम हो भनेर अघि बढौँ । स्थानीयको जायज मागप्रति नजरअन्दाज गर्दैनौँ ।”

Agni Group
NIC Asia

छलफलका क्रममा धादिङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य भूमि त्रिपाठीले आयोजना प्रभावित क्षेत्रको प्राविधिक टोलीको अध्ययनअनुसार सरकारले जग्गा अधिग्रहण गर्नुपर्ने स्पष्ट पारे । यस्तै, अर्का सांसद हितबहादुर तामाङले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको फोहोर व्यवस्थापनमा देखिएका समस्याको दीर्घकालीन समाधानका उपाय खोजेर अघि बढ्न सुझाव दिएका छन् । उनले यो समस्या बारम्बार दोहोरिन नदिन स्थानीय सरकारलाई समेत जवाफदेही बनाउनुपर्ने धारणा राखे । 

यसैगरी, आयोजना प्रभावित क्षेत्रका स्थानीयले आफूहरूले फोहोरको वैज्ञानिक व्यवस्थापन चाहेको बताएका छन् । दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्न तत्कालीन समस्यालाई नजरअन्दाज नगर्न उनीहरूको आग्रह छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय