site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
परीक्षा आउन लाग्यो, छैन पाठ्यपुस्तक
Siddhartha BankSiddhartha Bank

बागलुङ । नयाँ शैक्षिक सत्र प्रारम्भ भइसक्दासमेत बागलुङमा पाठ्यपुस्त पर्याप्त भित्रिएका छैनन् । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका हुन् । बागलुङका दुर्गम भेगका विद्यालय मात्रै नभई जिल्ला सदरमुकाममै रहेको रुद्रेपीपल माध्यमिक विद्यालय, विद्यामन्दिर माध्यमिक विद्यालय र कालिका कन्या माध्यमिक विद्यालयमै पाठ्यपुस्तकको अभाव भएको छ । 

किताब नपाउँदा अध्ययनमा समस्या भएको विद्यामन्दिर माध्यामिक विद्यालयका विद्यार्थी संस्कार गौतमले बताए । “अहिले नयाँ किताब नआउँदा पुराना किताब साथीहरूसँग मिलेर पढ्नुपर्ने अवस्था आएको रुद्रेपीपल कक्षा १० मा अध्ययनरत विद्यार्थी योजना थापा मगरले बताउँछिन् । 

Agni Group
NIC Asia

विद्यार्थीले पाठ्यपुस्त पाउन नसक्नु दुःखद् भएको रुद्रेपीपल माविका प्रधानाध्यापक राजेश श्रेष्ठले बताए । उनले भने, “सदरमुकामका ठूला विद्यालय रुद्रेपीपल, विद्यामन्दिर र कालिका कन्या माध्यमिक विद्यालयमा विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक आएका छैनन्, हामीलाई पठन–पाठनमा समस्या देखिएको छ । सरकारको लापरबाहीकै कारण हो या अन्य कुनै कारण हो यति बेलासम्म पनि विद्यार्थीका हातहातमा पुस्तक पुग्न सकेका छैनन्, जति सक्दो छिटो पाठ्यपुस्तक पुर्‍याउन आवश्यक देखिन्छ ।” 

पाठ्यपुस्तक ल्याउनका लागि पुस्तक व्यवसायीलाई आग्रह गरिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । जिल्लामा आधा विद्यार्थीले मात्रै अहिलेसम्म पाठ्यपुस्तक पाएको समन्वय एकाइका प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय