राजनीति
काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन दोहोरिएका छन् । उनीसँग पराजित भएका हरिकृष्ण व्यञ्जनकारले उनलाई अंकमाल गरेर बधाई दिएका छन् ।
यसअघि २०७४ काे स्थानीय निर्वाचनमा पनि महर्जन र व्यञ्जनकारबीच प्रतिस्पर्धा भएको थियो ।
यसपटक पनि महर्जन नेपाली कांग्रेसबाट र व्यञ्जनकार एमालेबाट प्रमुखमा लडेका थिए । आफूहरू एक अर्काका अनन्य मित्र भएकाे भन्दै साथीकाे जितमा आफू हर्सित भएकाे व्यञ्जनकारले बताए ।
महर्जन व्यञ्जनकारभन्दा दाेब्बर बढी मतले महानगर प्रमुखमा विजयी भएका हुन् । यसकाे औपचारिक घाेषणा हुन भने बाँकी छ ।
फाेटाे : अभिषेक महर्जन
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ १९:००
प्रतिक्रिया दिनुहोस्