राजनीति
काठमाडौं । पत्रकारबाट वडाध्यक्ष बनेका धादिङको धुनिबेँसी नगरपालिकाको वडा ६ का वडाध्यक्ष रमेश आचार्यले पूर्ण अपांगता भत्ताका लागि सिफारिस प्रदान गर्ने निर्णय गरेका छन् ।
यसबाहेक उनको आफ्नो कार्यकक्षमा सहिदको फोटो राखी काम सुरु गरेका छन् । सहिद बैकुण्ठनाथ रेग्मी (रोशन) को तस्बिर राखेर कामको सुरुवात गरेका हुन । उनले दमाई तामाङको छोरा सुनिल तामाङको पूर्ण अपांगता भत्ताको लागि सिफारिस प्रदान गर्ने निर्णयसमेत गरेका छन् ।
सञ्चारकर्मीबाट वडाध्यक्ष बनेका आचार्यले सहिदको बलिदानकै कारण परिवर्तन भएकाले सम्मान गरेको बताए ।
वडाको विकास नै आफ्नो प्राथमिकता भएको बताउँदै नमुना गाउँ बनाउने उनको योजना छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ १६:१०
प्रतिक्रिया दिनुहोस्