site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इटहरी घटना : विद्यार्थी बलात्कार गर्ने प्रिन्सिपल पक्राउ गर्न सीआईबीलाई पत्राचार

विराटनगर । ‘ब्युटी पेजेन्ट’को नाममा एकजना मोडल तथा किशोरीमाथि भएको बलात्कार घटना सामाजिक सञ्जालबाट सार्वजनिक भएजस्तै सुनसरीको इटहरीकी एक युवतीले पनि आफूले विगतमा भोग्नुपरेको त्यस्तै घटना बाहिर ल्याएकी छिन् । 

काठमाडौंकोे घटना सार्वजनिक भई आरोपित पक्राउ परेसँगै आफूले पनि न्याय पाउने आशा बढेको इटहरीकी युवतीको भनाइ छ । अहिले ब्युटी पेजेन्टका सञ्चालकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएसँगै इटहरीको घटनामासमेत प्रहरीले तदारुकता देखाई अनुसन्धान अघि बढाएको छ । घटनामा संलग्नको खोजीलाई समेत तीव्रता दिइएको छ ।

इटहरीकी २१ वर्षीया युवतीले पनि घटना भएको सात वर्षपछि धरान पुगेर न्यायको लागि फेरि पहल लिएकी छिन् । आफू विद्यार्थी जीवनमै छँदा प्रिन्सिपलले विभिन्न बहाना बनाई धाकधम्की दिएर पटक–पटक बलात्कार गरेको युवतीको आरोप छ । उनले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भोगाई सार्वजनि गरेसंगै यो विषयले प्रदेश नम्बर एक नै तरंगित बन्न पुगेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनामा संलग्न भएका भनिएका फरार प्रिन्सिपलको खोजी शुरु गरिएको जनाएको छ । कार्यालयका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्रकुमार कार्कीले बलात्कारको आरोप लागेपछि फरार भएका इटहरीस्थित ब्लुमिङ लोटस इंग्लिस सेकेन्डरी स्कुलका तत्कालीन प्रिन्सिपल राज खड्कालाई पक्राउ गर्न सोमबार नै सीआइबीलाई पत्राचार गरिएको बताएका छन् । 

घटनाबारे युवतीले २०७४ का इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएको तर त्यसबेला मुद्दा अघि नढेकोमा काठमाडौंको घटनाले न्याय पाइने रहेछ भन्ने हिम्मत बढेर घटना सार्वजनिक गरिदिएको ती युवतीको भनाइ छ ।
आफ्नो उमेर र कानुनी प्रक्रियाबारे जानकारी नभएका कारण त्यतिबेला आफूले न्याय माग्दासमेत नपाएको र कार्की फरार भएको उनले जनाएकी छिन् । अपराध गरेर पनि खुलेआम जिन्दगी बिताएको देख्दा आफूलाई भत्भती मन पोलेको र न्यायको कठघरामा उभ्याउन साहस गरेको बताएकी छिन् । 

उनी शनिबार पनि प्रहरीसमक्ष पुगेर पछिल्लो प्रगतिबारे जानकारी लिएकी थिइन् । “मलाई अपराध गर्नेले अहिले पनि विद्यालय नै सञ्चालन गरिरहेको भन्ने जानकारी रहेको र फेरि पनि आफूजस्ता अबोध बालिकाहरूमाथि अपराध नहोस् भन्ने आफ्नो चाहना हो,” उनले भनिन् । 

यस्तो थियो घटना

दुई वर्षसम्म पटक–पटक बलात्कार गरेको जनाउँदै इटहरीकी एक छात्राले सात वर्षअघि सिन्धुलीको कमलामाई गाउँपालिका–७ घर भई इटहरीमा अध्यापन गराउँदै आएका ३१ वर्षीय खड्काविरूद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गराएकी थिइन । 

विद्यालयकै होस्टलमा बस्दा आफूमाथि पटक–पटक बलात्कार गरेको जनाउँदै उनले २०७४ साल भदौ २ गते इप्रका धरानमा जाहेरी दिएकी थिइन् । २०७२ मा कक्षा ९ मा पढ्दा नै स्कुलको अफिस, बाथरूम, होस्टेल, साइन्स ल्याब, कम्प्युटर ल्याब, जताततै धेरैपटक आफूलाई जबर्जस्ती करणी गरेको ती किशोरीको आरोप थियो । प्रहरीले जर्बजस्ती करणी मुद्दा चलाए पनि मुद्दा ढिलो गरी महिनापछि मात्र जिल्ला अदालत सरकारी वकिलको कार्यालमा पुगेको थियो । मुद्दा शुरु नुहँदै आरोपित फरार भएका थिए । 

उनी पक्राउ नपरेपछि २०७६ साल असारमा अदालतले मुद्दा ‘मुल्तबी’मा राखिदिएको थियो । अहिले पुनः मुद्दा शुरु गर्न प्रहरीले सीआईबीसमक्ष पत्राचार गरेको हो । आरोपित काठमाडौंमा रहेको भन्ने जानकारीका आधारमा सीआईबीलाई आग्रह गरिएको र पक्राउ परेपछि अदालतमा हाजिर गराइने सुनसरी प्रहरीले जनाएको छ । 

पहिलोपटक धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गएको बेला आफूलाई होटलमा राखेर बलात्कार गरेको युवतीले बताएकी छिन् । त्यसको भिडियो बनाएर बारम्बार ‘ब्लाकमेल’ गरेको र १५ वर्षको उमेरमा होस्टेलमा बिरामी भएको बेला पनि अस्पताल लग्ने बाहना गर्दै होटल पु¥याएर करणी गरेको उनको आरोप छ । 

उनले भनिन्, “बिदामा समेत घर जान नदिई होस्टेलमै राख्ने र बलात्कार गर्ने गर्दथे ।” आफूले पीडा खप्न नसकी आत्महत्याको समेत प्रयास गरेको तर बाँचेको उनले सुनाइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro