काठमाडौं । नेपालमा पहिलोपटक देखिएको अफ्रिकन स्वाइन फिभरबाट १ हजार १९ वटा सुँगुर, बङ्गुर मेरका छन् । काठमाडौंको कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा, दक्षिणकाली, ललितपुरको गोदावरी तथा भक्तपुरको चन्द्रागिरि क्षेत्रमा फैलिएको संक्रमणका कारण सो संख्यामा सुँगुर र बङ्गुर मरेको पशु सेवा विभागले जनाएको छ ।
उक्त क्षेत्रमा पालिएका सुङ्गुर तथा बङ्गुरमा उच्च मृत्युदर देखिएपछि गत चैत अन्तिम साता नमूना संकलन गरी अष्ट्रेलियाको रिफरेन्स प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको थियो ।
सन् २०१८ मा चीनबाट सुरु भएको यो संक्रमण भारत, भुटानहुँदै नेपालमा पहिलोपटक देखा परेको हो । सुँगुर प्रजातीमा देखिने यो संक्रमण हुँदा उच्च ज्वरो आउने, शरीरका विभिन्न भाग रातो हुने, निलो धब्बा देखिने, बान्ता गर्ने, गर्भ तुहिने तथा एकै समूहमा रहेका सुँगुर तथा बङ्गुुरहरू मर्ने विभागले जनाएको छ ।
सुंगुर प्रजातीका लागि अति खतरनाक महामारीजन्य सरुवा रोग भए पनि अफ्रिकन स्वाइन फिभर मानिसमा भने नसर्ने विभागले जनाएको छ ।