site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वीरगञ्जमा गठबन्धनका उमेदवार फराकिलो मतले अगाडि, राजेशमानको जित सुनिश्चित !

वीरगञ्ज । मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा पाँच दलीय गठबन्धनका उमेदवार जितको नजिक पुगेका छन् । पाँच दलीय गठबन्धनबाट प्रमुखका उमेदवार जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह र उपप्रमुखका उमेदवार कांग्रेसका इम्तियाज आलम जितको नजिक पुगेका हुन् ।

३२ वडा रहेको महानगरपालिकाका २९ वडाको ६९ हजार ४७५ मत गणना गर्दासम्म गठबन्धनका दुवै उमेदवारले लिएको अग्रता हेर्दा दुवै जनाको जित सुनिश्चितजस्तै छ । हालसम्म जसपाका राजेशमान एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धनबाट मेयरका उमेदवार विजयकुमार सरावगीभन्दा १६ हजार १११ मतले अगाडि छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सिंहले ३३ हजार ९१९ मत ल्याउँदा सरावगीले १७ हजार ८०८ मत प्राप्त गरेको वीरगञ्ज महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गिरीश गिरी भने २ हजार ५५३ मतमा सीमित छन् ।

उपप्रमुखमा पनि नेपाली कांग्रेसका इम्तियाज आलम फराकिलो मतान्तरले अगाडि छन् । हालसम्म भएको मत परिणामअनुसार लोसपाका पुरुषोत्तमलाल झाभन्दा आलम १७ हजार २९६ मतले अगाडि छन् । आलमले २३ हजार १६४ मत ल्याउँदा झाले ५ हजार ८६८ मत ल्याएका छन् । राप्रपाकी बिना जैसवाल कुर्मीको मत ४ हजार ४१० छ । लोसपाले टिकट नदिएपछि स्वतन्त्रबाट उमेदवारी दिएकी रम्भा मिश्राले ३ हजार  ९५ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत जयराम काफ्लेले जानकारी दिए ।

Global Ime bank

काफ्लेकाअनुसार वीरगञ्जमा मेयरका लागि खसेको ६९ हजार ४७५ मतमध्ये ५४ हजार ५१६ मत सदर हुँदा १४ हजार ९५९ मत बदर भएको छ । उपप्रमुखमा ३७ हजार ७९ मत सदर हुँदा ३२ हजार ३९६ मत बदर भएको पर्साका प्रमुख निर्वाचन अधिकृत रंजिता झाले जानकारी दिइन् ।

जम्मा एक लाख २४ हजार ६४७ मतदाता रहेको वीरगञ्ज महानगरपालिकामा ९३ हजार २३६ मत खसेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement