site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अमेरिकी उपविदेशमन्त्री उज्रा जिया नेपालमा
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री उज्रा जिया चार सदस्यीय प्रतिनिधिमण्डलको टोलीसहित तीनदिने नेपाल भ्रमणमा आएकी छन् । उनलाई शुक्रबार अपराह्न परराष्ट्र मन्त्रालयका सिस्टाचार अधिकृत मनहरी दङगालले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
 
उपविदेशमन्त्री जियाले भोलि काठमाडौंस्थित तिब्बती शरणार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । तर, परारष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले आफूलाई यसबारे आधिकारिक जानकारी नभएको बताएकी छन् ।
 
भ्रमणको अन्तिम दिन आइतबार जियाले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र गृहमन्त्री बालकृष्ण खाणसँग भेट्ने कार्यक्रम छ ।

जिया अमेरिकी रास्ट्रपति जो बाइडेनकी तिब्बत मामिला हेर्ने विशेष संयोजक पनि हुन् । उनी दुईदिने भारत भ्रमण सकेर नेपाल आएकी हुन् । उनले भारतमा धर्मशालास्थित निवासमा पुगेर तिब्बती धर्म गुरु दलाई लामासँग भेट गरेकी थिइन् । जियाको भ्रमणलाई चिनियाँ पक्षले गहिरो चासोपूर्वक हेरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu