राजनीति
काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएको छ । पार्टीबाट किसोरी प्रसाद कलवार नगर प्रमुख पदमा विजयी भएका छन् । उनले ११ हजार १३७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका विजय शंकर यादवले ९ हजार ३११ मत प्राप्त गरेका छन् ।
उपप्रमुखतर्फ पनि लोसपानै विजयी भयो । पार्टीबाट नजमु शेहर विजयी भइन् । उनले ९ हजार ८४३ मत प्राप्त गर्दा कांग्रेसकी रीता कुमारी देवीले ८ हजार ४६३ मत प्राप्त गरेकी छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९ १७:१९
प्रतिक्रिया दिनुहोस्