site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी उपविदेशमन्त्री जिया तीनदिने नेपाल भ्रमणमा आउँदै
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । तिब्बत हेर्ने अमेरिकी उपविदेशमन्त्री उज्रा जिया शुक्रबारदेखि तीनदिने नेपाल भ्रमणमा आउने भएकी छन् । 
अमेरिकी विदेश मन्त्रालयमा नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेशमन्त्री जिया अमेरिकी प्रशासनको तिब्बती मामिला हेर्ने संयोजकसमेत हुन् । 

हाल जिया भारतस्थित तिब्बती निर्वासित सरकार र धर्मगुरु दलाई लामासँग भेटेर नेपाल आउन लागेकी हुन्  । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५औँ वर्षका अवसरमा उनी आउन लागेकी हुन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उपविदेशमन्त्री जियाभन्दा अगाडि यसै वर्ष दुई अमेरिकी प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेका छन्  । डेमोक्रेटिक पार्टीकी सिनेटर (सांसद) क्रिस्टेन गिलिब्रान्ड नेतृत्वमा ६ सदस्यीय टोलीले ९ देखि ११ वैशाखमा तथा ६ देखि ८ वैशाखमा दक्षिण तथा मध्यएसियाली मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङले भ्रमण गरेका थिए ।

युएसएआईडीका एसिया हेर्ने उपसहायक प्रशासक अञ्जली कौर पनि सहभागी हुनेछिन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाण, प्रमुख दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

Royal Enfield Island Ad

त्यसैबीच, दलाई लामासँग भेट गरेर अमेरिकी उपविदेशमन्त्री जिया नेपाल भ्रमणमा आउन लागेकोमा चिनियाँ पक्षले गहिरो चासो व्यक्त गरेको छ । अमेरिकी उपविदेशमन्त्रीको पछिल्लो नेपाल भ्रमणलाई सतर्कतापूर्वक हेरेकी चिनियाँ राजदूत होउ यान्छीले बुधबार गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेकी छिन्  । 

गृहमन्त्रीको सचिवालयले चिनियाँ राजदूतले अमेरिकी उपविदेशमन्त्रीको भ्रमणबारे चासो राखेको विषयमा अनभिज्ञता जनाएको छ  । तर, सरकारी एक स्रोतले एमसीसी अनुमोदनमा र त्यसपछि बढ्दो अमेरिकी प्रभावलाई लिएर चिनियाँ पक्षले गम्भीर चासो राख्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro