site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उमेदवारले मदिरा सेवन गरी होहल्ला गरेपछि तिलोत्तमाको मतगणना फेरि अवरुद्ध
SkywellSkywell

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मत गणना स्थलमा वडा सदस्यका उमेदवारले नै मदिरा सेवन गरी होहल्ला गरेपछि मतगणना पुनः अवरुद्ध भएको छ ।

वडा नं. ५ का वडा सदस्य उमेदवार नेकपा (एमाले)का मनिष कुमार अधिकारीले मदिरा सेवन गरी गणना स्थलमा पसेर होहल्ला गर्न थालेपछि केहीबेर स्थिति तनावग्रस्त भएको थियो ।

Dabur Nepal
NIC Asia

मदिराको नसामा रहेका अधिकारीले हिजो बिहानदेखि सिल गरेर राखिएको मतपत्र सहितको कोठाको ढोका जबरजस्ती खोल्न लगाएर फोटो खिच्दै गरेको अन्य दलका प्रतिनिधिले देखेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

प्रहरीले अधिकारीलाई अहिले मतगणना स्थलबाट बाहिर निकालेको छ । स्थिति सामान्य बन्दै गएको र केही बेरमा मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
यसअघि गणक बसेका तिलोत्तमा नगरपालिकाका कर्मचारीले रुख चिन्हमा आएको मत घटाउने र सुर्य चिन्हमा आएको मत बढाउने गरेको पाइएपछि मंगलबार बिहानै देखि तिलोत्तमाको मत गणना रोकिएको थियो । 

सत्ता गठबन्धका पाँच दलसहित राप्रपा र राष्ट्रिय जनमुक्ति पार्टीले कर्मचारीले बदमासी गरेका वडाको पुनः मतगणनाको माग गरेका थिए । निर्वाचन आयोगले सात दलको मागको सुनुवाइ गर्दै पुनः मतगणना गर्न भनेपछि आज राति ९ बजेबाट मतगणना सुरु गर्ने सहमति सर्वदलीय बैठकले गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  २३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu