site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपालको गृहनगरमा बहुमत वडासहित नेकपा (एस) विजयी, एमाले चौथो स्थानमा 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको गृहनगर रौतहटको गौर नगरपालिका नेकपा (एकीकृत समाजवादी)ले जितेको छ । बहुमत वडासहित नगर एसले जितेको हो । 

पार्टीबाट उमेदवार बनेका शम्भू साह विजयी भए । उनले ६ हजार ३८१ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । दोस्रो भएको लोसपाले ३ हजार ७५५ मत प्राप्त गरेको छ । 

Agni Group
NIC Asia

लोसपाका अजय कुमार गुप्ता उमेदवार थिए । यहाँ तेस्रो शक्ति नेपाली कांग्रेस बन्यो । कांग्रेसका मोहन कुमार यादवले ३ हजार २११ मत प्राप्त गरे । चौथो स्थानमा रहेको एमालेले ८१७ मत मात्र प्राप्त गर्यो । एमालेबाट अनील कुमार मिश्र उमेदवार थिए । 

उपप्रमुखमा पनि नेकपा(एस) नै विजयी भयो । पार्टीबाट उमेदवार बनेकी शैलकुमारी साहले ४ हजार ८०९ मत प्राप्त गरिन् । दोस्रो स्थानमा रहेकी कांग्रेस उमेदवार शाहजान खातुनले ३ हजार ६८५ मत प्राप्त गर्दा लोसपा नेतृ उषा झाले २ हजार ५६० मत प्राप्त गर्दै तेस्रो बनिन् । 

Global Ime bank

चौथो स्थानमा जसपा आउँदा एमाले भने पाँचौ स्थानमा रह्यो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu