राजनीति
काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेबाट कृष्ण खाँण १३ हजार ७७६ मतका साथ विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
निकटतम प्रतिस्पर्धी कांग्रेसका दिलिप प्रताप खाँण ११ हजार ५९३ मत प्राप्त गर्दै पराजय भोगेका छन् । उपप्रमुखतर्फ कांग्रेसबाट कविता तिवारी विजयी भइन् ।
उनले १२ हजार ८२२ मत प्राप्त गर्दा एमाले उमेदवार खगीसरा थापा मगरले १२ हजार ३४० मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ १२:११
प्रतिक्रिया दिनुहोस्