site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बुटवल उपमहानगर : गठबन्धनका उमेदवारले मतान्तर बढाउँदै
फाइल तस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बुटवल । बुटवल उपमहानगरपालिकामा गठबन्धन दलको अग्रतासँगै मतान्तर पनि बढ्दै गएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत मङ्गलबार बिहान घोषणा गरिएको मत परिणामअनुसार प्रमुख पदमा मतान्तर बढेर दुई हजार ९४० पुगेको छ ।

पछिल्लो परिणामअनुसार गठबन्धनबाट प्रमुख पदका कांग्रेस उमेदवार खेलराज पाण्डेले १० हजार ६११ मत प्राप्त गरेका छन् । नेकपा एमालेका बाबुराम भट्टराईले सात हजार ८२ मतकासाथ पाण्डेलाई पछ्याइरहेका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र शेरचन दुई हजार ६४ मतका साथ तेस्रो स्थानमा छन् । 

उपप्रमुखमा एमालेकी सावित्रा अर्याल अगाडि छिन् । उनको ७ हजार ८८३ मत पुग्दा गठबन्धनमा एकीकृत समाजवादीका उमेदवार चिनबहादुर गुरुङको पाँच हजार ६८२ मत पुगेको छ । राप्रपाकी भगवती पाण्डेको २ हजार ६४ मत रहेको छ ।

Royal Enfield Island Ad

बुटवल उपमहानगरको वडा नं. १ मा स्वतन्त्र उमेदवार, वडा नं. २ को अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) र सदस्य एमालेबाट विजयी भएका छन् । 

वडा नं. ३ मा माओवादी केन्द्र, वडा नं. ४, १६, १७ र मा नेपाली कांग्रेस विजयी भएको छ । वडा नं. १८ र १९ मा एमालेले जित हासिल गरेको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro