राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अमरगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । जिल्लाको सदरमुकामसमेत रहेको अमरगढीमा कांग्रेसबाट प्रमुखमा कांग्रेसका डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार नगरप्रमुखमा जोशीले ३ हजार ६१९ मत प्राप्त गरे । निकटतम प्रतिष्पर्धी कांग्रेस बीपीका हरि भट्टले ३ हजार ४२६ मत प्राप्त गरे ।
उपप्रमुखमा विजेता झुकालले ३ हजार ६७८ मत प्राप्त गरिन् । निकट प्रतिस्पर्धी एमालेका यज्ञराज अवस्थीले ३ हजार ८५ मत ल्याएर पराजित भएका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९ ०७:४५
प्रतिक्रिया दिनुहोस्