site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अन्ततः स्विडेन र फिनल्यान्ड नेटोमै जाने भए 
Siddhartha BankSiddhartha Bank

स्टकहोम । लामो समयदेखि द्विविधामा रहेका स्विडेन र फिनल्यान्डले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्यता लिने घोषणा गरेका छन् । रुस–युक्रेन युद्धको कारण देखाउँदै अन्ततः उनीहरू नेटोमै संलग्न हुने भएका हुन् ।  

स्विडेनका सत्तारुढ सोसियल डेमोक्रेट्सले आफूहरूले पश्चिमी सुरक्षा गठबन्धनमा आबद्ध हुने प्रस्तावलाई समर्थन गरेको बताएपछि मुलुकलाई औपचारिक रूपमा आवेदन दिने बाटो खुलेको हो । 

Agni Group
NIC Asia

फिनल्यान्डले आफूले नेटोको सदस्यता लिने प्रक्रिया थालनी गर्न लागेको औपचारिक घोषणा गरेलगत्तै स्विडेनको पनि निर्णय बाहिर आएको हो । नेटोलाई आफ्नो सुरक्षाका लागि खतरा मान्ने रुसले यी दुवै मुलुकलाई सदस्यता लिएपछि त्यसको परिणाम भोेग्नुपर्ने चेतावनी दिएको छ । 

दोश्रो विश्वयुद्धका दौरानमा तटस्थ बसेका स्विडेन दुई शताब्दीभन्दा लामो समयदेखि सैनिक गठबन्धनबाट टाढै बस्दै आएको थियो । फिनल्यान्डको १ हजार ३ सय किलोमिटर सिमाना रुससँग जोडिएको छ । यो पनि अहिलेसम्म आफ्नो पूर्वी छिमेकीलाई नबिझाउने उद्देश्यले नेटोबाट टाढै बस्दै आएको थियो ।
 
स्विडेनका सोसियल डमोक्रेटहरूले जनता र अधिकांश विपक्षी राजनीतिक पार्टीको समर्थनका कारण आफूहरू पनि यस दिशामा अघि बढेको बताएका छन् । बीबीसी

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu