site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
छिपहरमाई गाउँपालिका मतगणनामा अनियमितता भएको भन्दै पुनः निर्वाचन गर्न माग
Siddhartha BankSiddhartha Bank

वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका मतगणनामा अनियमितता भएको भन्दै पुनः निर्वाचन गर्न माग भएको छ । गाउँ पालिकाको अध्यक्षका उमेदवार नवीनकुमार सिंहले मतगणनामा अनियमितता भएको आरोप लगाएका हुन्  । 

नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उमेदवार बनेका सिंहले  सोमबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै गाउँपालिकाको मतगणना गर्दा करारमा नियुक्ति गरिएका कर्मचारीको संलग्नताले अनियमितता भएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले निवर्तमान गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताले नै करारमा नियुक्ति गरेका कम्प्युटर अप्रेटर सञ्जित यादव र पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु साहले मत गणनामा षड्यन्त्र गरेको आरोप लगाएका छन् । 

मतगणना गर्दा १ हजार ५ सय ९० आएकोमा निर्वाचन आयोगको वेबसाइटमा इन्ट्री गर्दा बढाएर १ हजार ६ सय २० बनाएको सिंहको आरोप छ । करारमा नियुक्ति गरेका कर्मचारीलाई मतगणनामा सहभागी नबनाउन उनले माग गरेका छन् ।

Global Ime bank

त्यस्तै, छिपहरमाई गाउँपालिका–२ मा मृत्यु भएका र वैदेशिक रोजगारीमा गएका व्यक्तिको नाममा पनि मत आफैँ हालिदिएको आरोप सिंहको छ । उनले निर्वाचन आयोगबाट रुजु भएको मतदाता नामावली उपलब्ध गराई सो ठाउँमा पुनः निर्वाचन गराउनुपर्ने बताए ।

छिपहरमाई गाउँपालिका वडा नम्बर १ का ३ वटा बुथकै मत गणना भइसकेको छ । वडा नम्बर २ को ५ वटा बुथमध्ये ३ वटाको गणना हुँदै गर्दा विवाद उत्पन्न भएर मतगणना रोकिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय