राजनीति
काठमाडौं । धरान उपमहानगरपालिकामा ७ हजार २०६ मतगणना हुँदा गठबन्धनबाट मेयरका उमेदवार किशोर राईले अग्रता कायमै राखेका छन् । उनले २ हजार ५२६ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उमेदवार हर्क साम्पाङसँग राईको मतान्तर ७९७ रहेको छ । साम्पाङले १ हजार ७२९ मत प्राप्त गरेका छन् । एमालेबाट मेयर उमेदवार मञ्जु भण्डारीले १ हजार ५८४ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा गठबन्धनका उमेदवार अइन्द्र बेघाले २ हजार ६८३ मत प्राप्त गरेका छन् । एमालेबाट उपमेयर उमेदवार पदम इस्वोले १ हजार ९५० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ २२:५२
प्रतिक्रिया दिनुहोस्