site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वीरगञ्जमा गठबन्धनका उमेदवार राजेशमानको अग्रता कायमै
Siddhartha BankSiddhartha Bank

वीरगञ्ज  । मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जको मेयरमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले अग्रता कायमै राखेका छन् ।

शनिबार दिउँसो मतगणनाको पहिलो नतिजा आएदेखि अग्रता लिएका सिंहले आइतबार बिहानसम्म अग्रता कायमै राखेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सिंहले हालसम्म १ हजार ३ सय ७३ मत प्राप्त गर्दै अग्रता कायम राखेका हुन् ।  नेकपा एमाले र लोसपाका साझा उमेदवार विजयकुमार सरावगीले ६ सय ५९ मत प्राप्त गरेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १, २, ३१ र ३२ को २ हजार २ सय ६९ मत गणना गर्दा सम्म गठबन्धनका उम्मेदवार सिंह अगाडि छन् ।

Global Ime bank

निवर्तमान मेयरसमेत रहेका सरावगी पाँच दलीय गठबन्धनका सिंहसँग ७ सय १४ मतले पछाडि रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार चारवटै वडाबाट मेयरमा अहिलेसम्म १ सय ५२ मत बदर भएको छ ।

त्यस्तै राप्रपाका गिरिश गिरीले हालसम्म ४१ मत मात्र प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा पनि पाँच दलीय गठबन्धनका साझा उम्मेदवार इम्तियाज आलमले अग्रता लिएका छन् । आलमले १ हजार १२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी उनीसँग ८ सय ५२ मतको अन्तरले पछाडि छन् ।

निकटम प्रतिद्विन्द्वी एमाले र लोसपाका साझा उम्मेदवार पुरुषोत्तमलाल झाले केवल १ सय ६० मत प्राप्त गरेका छन् । झा पछाडि राप्रपाकी विना जयसवाल कुर्मीले ५५ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले १५ मत प्राप्त गरेकी छिन् । उपमेयरमा ३ सय २१ मत बदर भएको प्रमुख निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय