site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले–कांग्रेस मिलेर सरकार बनाउने कुरा संवैधानिक छैन : अग्नि सापकोटा
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कांग्रेस–एमाले मिलेर सरकार बनाउने कुरा संवैधानिक नभएको जिकिर गरेका छन् । 

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले दुई दलबीचको सहमति अप्रत्याशित भएको र संवैधानिक नरहेको उल्लेख गरे । 

लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित भएर कांग्रेस र एमालेबीच सहमति नभएको स्पष्ट पारे । देशका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर बन्ने भन्नेकुरा नै प्राकृतिक नभएको जिकिर उनको थियो । कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा अग्रगमनतिर भन्दा पश्चगमनतिर जाने संकेत देखापरेको उनको भनाइ थियो । 

"हामीलाई के लागेको छ भने अप्रत्याशित रूपमा जुन खालको घटनाक्रमहरू अघि आएका छन् । यो त्यति स्वभाविक र संवैधानिक छैन । लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित भएर आएको जस्तो लाग्दैन । देशका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर बन्ने भन्नेकुरा नै प्राकृतिक जस्तो लाग्दैन । बाहिर कुरा आइरहेको छ, संविधान संशोधनसम्मका कुरा छन् । संविधान संशोधनमा पनि समानुपातिकका कुरा छन् । अग्रगमनतिर भन्दा पश्चगमनतिर जाने संकेत देखापरेको छ । यो बेठिक छ," उनले भने । 

प्रवक्ता सापकोटाले सामाजिक न्याय र सुशासनमा सरकारले राम्रोसँग काम गरेको दाबी गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro