राजनीति
काठमाडौं । डोटीमा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । जिल्लाको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले जितेको जिल्ला निर्वाचन अधिकृत करुणाकर पन्तले बाह्रखरीलाई जानकारी दिए ।
गाउँपालिका अध्यक्षमा कांग्रेसका भैरवबहादुुर साउँद विजयी भए । उनले २ हजार ३ सय ४३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका चक्र घर्तीमगरले १ हजार ६ सय ८४ मत ल्याए ।
यस्तै, उपाध्यक्षमा कांग्रेसकै कुमारी विष्ट विजयी भइन् । उनले २ हजार ४ सय ७ मत प्राप्त गरिन् । उनका निकतम प्रतिस्पर्धी नेकपा एमालेकी सपना सिराडीले २ हजार २ सय ७६ मत प्राप्त गरेको पन्तले जानकारी दिए ।
पालिकामा २ वडा कांग्रेस २ वडा एमाले र १ वडामा माओवादीले जितेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ १०:४९
प्रतिक्रिया दिनुहोस्