site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनकपुरमा ९७९ मतगणना हुँदा गठबन्धनका मेयरका उमेदवारलाई ४८ मत 
SkywellSkywell

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को मतगणना जारी छ । ९७९ मतगणना हुँदा गठबन्धनबाट मेयरका उमेदवार लाल किसोर साह मात्र ४८ मत पाएका छन् । उनलाई नेपाली कांग्रेसका बागी उमेदवार मनोज साहले ठूलो मतान्तरले पछि पारेका हुन् । 

मनोजले ३२९ मत ल्याएका छन् । लालकिसोर जनता समाजवादी पार्टी (जसपा)बाट मेयरका उमेदवार बनेका छन् । शीर्ष स्थानमा रहेका मनोजलाई नेकपा एमालेका शिवशंकर साह (हीरा)ले १२५ मतका साथ पछ्याइरहेका छन् ।

Dabur Nepal
NIC Asia

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मनोज चौधरीले ५७ मत, स्वतन्त्र उमेदवार बलराम महतोले ७५ र जानकीराम साहले ३२ मत ल्याएका छन् । 

उपप्रमुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका किशोरी साहले ३८६ मत, नेकपा एमालेकी रुना झाले १४९ मत, लोसपाकी रीताकुमारी मिश्रले ७६ र स्वतन्त्र उमेदवार निर्मल चौधरीले ७२ मत ल्याएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu