राजनीति
काठमाडौं । सुनसरी जिल्ला निर्वाचन कार्यालयका अनुसार ६० देखि ७० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ । जिल्ला निर्वाचन अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार अहिले मतपेटीका संकलन गर्ने कार्य जारी रहेको छ ।
सुनसरीमा धरान, इटहरी उपमहानगरपालिका रहेका छन् । यहाँ १२ स्थानीय तह छन् ।
पौडेलका अनुसार मतपेटीका संकलन भएपश्चात् सर्वदलिय बैठक बस्ने विषयमा दलहरुसँग कुराकानी भइरहेको छ । मतगणना आज बा भोली कहिलेबाट गर्ने भन्ने निर्णय भइसकेको छैन ।
“मतपेटीका संकलन भइरहेको छ । हामी संकलन सम्पन्न भएपश्चात् सर्वदलिय बैठक बस्छौँ ।अनि निर्णय हुन्छ,” उनले भने,“संभव भएका स्थानीय तहहरुमा आजबाटै मतणना सुरु हुन्छ।”
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ २०:४३
प्रतिक्रिया दिनुहोस्