राजनीति
काठमाडौं । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा ४१ वटा केन्द्रको मतदान रद्ध भएको छ । तीमध्ये अधिकांश स्थानमा झडपका घटना भएका छन् । दोहोरो झडपपछि कतिपय स्थानमा गोलीसमेत चलेको छ ।
ती स्थानमा मतदान प्रक्रिया रद्ध गरिएको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । आयोग स्रोतले दिएको जानकारीअनुसार २६ स्थानका ४१ केन्द्रको मतदान स्थगित भएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ १९:२७
प्रतिक्रिया दिनुहोस्