राजनीति
काठमाडौं । दैलेखको आठबीस नगरपालिका–६ मा आज नेकपा (एमाले) र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । आठबीस–६ स्थित भैरव माध्यमिक विद्यालयको मतदान केन्द्रमा झडप हुँदा दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् ।
एमालेले कांग्रेस कार्यकर्ता गणेशबहादुर शाहीले दर्जनौँ भोट हालेको आरोप लगाएको छ । कांग्रेसले भने एमालेले हार्ने अवस्था आएपछि निर्वाचन भाँड्न खोजेको आरोप लगाएको छ ।
झडपमा एमालेका आधा दर्जन बढी कार्यकर्ता घाइते भएका छन् । कांग्रेसतर्फका पनि चारजना घाइते भएका बताइएको छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले झडपका कारण स्थगित भएको मतदान पुनः सुरु हुन लागेको भन्दै अन्यत्र शान्तिपूर्ण मतदान भइरहेको जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ १४:२६
प्रतिक्रिया दिनुहोस्