देश
काठमाडौं । डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।
लेक लागेर ठूलीभेरी नगरपालिका ७ का २४ वर्षीय सुनिल विकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
उनी स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना भएका थिए । उनको शव हेलिकप्टरमार्फत सदरमुकाम ल्याइने डोल्पाका प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले बताए ।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९ १६:५९
प्रतिक्रिया दिनुहोस्