site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन दिनमा ७४ अंकले बढ्यो नेप्से
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं ।  सेयर बजार परिसूचक नेप्से लगातार तेस्रो कारोबार दिन पनि बढेको छ ।

गएको सातासम्म लगातार घटेर बिहीबार १५ महिनायताकै न्यून विन्दु २२३८.६२ अंकसम्म झरेको नेप्से आइतबारबाट लगातार बढिरहेको छ । आइतबार करिब १८ अंकले बढेको नेप्से सोमबार १२ अंकले बढेर बन्द भएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आज लगातार तेस्रो दिन पनि बढेको नेप्से ३३.१६ अंकले वृद्धि भएर २३१३ अंकमा बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनमा नेप्से ७४.३८ अंकले बढेको हो । नेप्से १.९५ प्रतिशतले वृद्धि भए पनि कारोबार रकममा भने उत्साह देखिएको छैन ।

सोमबार दिनभर एक अर्ब ३९ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा आज एक अर्ब ३५ करोड ६७ लाखको कारोबार भएको छ । आज बजारमा सबै उपसूचकमा हरियाली छाउँदा सेन्सिटिभ इन्डेक्स ७.६७ अंकले बढेर ४४७.१४ अंकमा बन्द भएको छ ।

Royal Enfield Island Ad

आज बजारमा ङ्यादी ग्रुप पावरको नौ करोड ९८ लाखको कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावरको चार करोड २५ लाख र नेपाल दूरसञ्चार कम्पनीको दुई करोड ८३ लाखको सेयर कारोबार भएको छ ।

आज दिनभर बजारमा १९४ कम्पनीको सेयर कारोबारमा आएकामा १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने नौ कम्पनीको सेयर मूल्य घटेको छ ।  चार कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

कारोबारमा आएका मध्ये वरुण हाइड्रोपावर, ङ्यादी ग्रुप पावर, जाल्पा सामुदायिक लघुवित्त र युनिभर्स पावरको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा दिव्येश्वरी हाइड्रोपावरको सेयर मूल्य ९.१७ प्रतिशतले बढेको छ ।

उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य २.५२ प्रतिशतले गिरावट हुँदा गुराँस लघुवित्तको सेयर मूल्य १.६१ प्रतिशतले गिरावट भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro