काठमाडौं । निर्वाचन आयोगले उमेदवारको मृत्यु भएको ठाउँका निर्वाचनका विषयमा छलफल थालेको छ । आयोगका एक आयुक्तका अनुसार आयोगले आज यसबारे निर्णय गर्नेछ ।
“उमेदवारको मृत्यु भएको छ । त्यहाँ के गर्ने छलफलमा छौँ,” ती आयुक्तले भने ।
उमेदवारको मृत्यु भएको खण्डमा त्यस ठाउँको निर्वाचन तत्काल स्थगित गरी नयाँ मिति तोकिने गरिन्छ ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिका, दाङको घोराही उमपहानगरपालिकालगायत स्थानमा उमेदवारहरूको मृत्यु भएको छ । नेपाली कांग्रेसका तर्फबाट महाराजगन्ज नगरपालिकाको उपप्रमुख पदको उमेदवार बनेकी शुभावती कुर्मीको हृदयाघातका कारण सोमबार राति मृत्यु भएको हो ।
यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका–१७ को वडाध्यक्ष पदका उमेदवार लवरु चौधरीको मृत्यु भएको छ । नेकपा (एमाले)बाट उमेदवार बनेका चौधरीको सोमबार राति मृत्यु भएको हो ।